कोशीमा लोपोन्मुख प्रजातिको गोही मरेको भेटियो | Khabarhub Khabarhub

कोशीमा लोपोन्मुख प्रजातिको गोही मरेको भेटियो


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ ।

सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

कोशी नदीमा मरेको अवस्थामा गोही फेला परेपछि स्थानीयवासीले देखेर इलाका प्रहरी कार्यालय भारदहका प्रहरीलाई खबर गरेका थिए । मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यसैबीच चार महिनाको अवधिमा सप्तरी जिल्लाका विभिन्न नदी, पोखरीहरुमा करीब पाँचवटा अजिङ्गर (गोही) फेलापरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १२ : १५ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको