के साधु बन्न मुक्तिनाथ पुगेका हुन् त पूर्वयुवराज पारस ? « Khabarhub

के साधु बन्न मुक्तिनाथ पुगेका हुन् त पूर्वयुवराज पारस ?


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व युवराज पारस शाह मुक्तिनाथ पुगेर मन्दिरमा पूजा अर्चना गरेका छन् । साथीहरुसँग मुक्तिनाथ पुगेका उनले मुक्तिनाथमा विधि पुर्‍याएरै पूजा अर्चना गरेका हुन् ।

उनका सार्वजनिक तस्वीले त्यस्तै देखाउँछ । मुक्तिनाथ मन्दिर परिसरमा रहेका धाराहरुमा समेत उनी चाेखिए । धाराहरुमा उनले टाउको पखालेका छन्।

मन्दिर पुग्दा निकै आध्यात्मिक बनेका उनी मन्दिर परिसरमा रहेका ध्वजा पतकामा शिर निहुराउँदै कुनै ठूलो भाकल माग्दै गरेको मुद्रामा देखिए ।

अन्नपूर्ण बेसक्याम्पमा रमाइलो पछि उनको टोली मुस्ताङ गएको हो । म्याग्दी हुँदै गत बुधवार दिउँसो उनी मुस्ताङ पुगेको बताइएको छ । पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि त्यहाँ पुगेको जनाइएको छ ।

युट्युवर सोनिकासँगको सम्बन्धलाई लिएर पछिल्लो समय उनको आलोचना हुने गरेको छ । यसअघि खबरहबसँग पूर्वयुवराज पारसले भनेका थिए– ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? अब साधु बन्छु ।’

मुक्तिनाथ पुगेर धार्मिक मुद्रामा देखिएका पारस कतै साधु बन्नकै लागि त्यहाँ पुगेका त होइनन् ? यस विषयमा समेत चर्चा पाएको छ ।

पारसले गरेका विभिन्न हर्कतका कारण घरपरिवार आजित छन् । पारसलाई श्रीमती हिमानीले पनि डिभोर्स दिने तयारी गरेको निर्मल निवास स्रोतको दाबी छ ।  पारसको आनीबानीका कारण छोराछोरीलाई पनि उनीबाट टाढा राखिएको छ ।

यो पनि पढौं
खबरहबसँग पूर्वयुवराज पारसले भने– मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ?  अब साधु बन्छु

पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख्छ

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : ३३ बजे

मनसुन जोखिमका लागि भक्तपुरमा जल उद्धार अभ्यास

काठमाडौं– मनसुनका समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न

एमआरपी अनिवार्यताले विराटनगर भन्सार राजस्व प्रभावित

काठमाडौं– भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै

विदेश पठाउने नाममा लाखौँ ठगी, तीन जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी– प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा