परिवारबाट टाढा हुनेको दशैं - सामाजिक सञ्जाल हेरेर रमाउने | Khabarhub Khabarhub

परिवारबाट टाढा हुनेको दशैं – सामाजिक सञ्जाल हेरेर रमाउने


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विगत सात वर्षदेखि साउदी अरबमा कार्यरत झापाका सुजन भारतीले दशैं, तिहार परिवारसँग मनाउन नपाएको पनि सात वर्ष नै भइसकेको छ ।

रोजगारीका लागि साउदी अरब गए यता दशैं, तिहारको समयमा कम्पनीले छुट्टी नदिँदा परिवारसँग बसेर चाडपर्व मनाउन नपाएको भारतीले गुनासो सुनाए ।

‘दैनिक फोन मार्फत परिवारसँग गफ हुन्छ। धेरै भएछ दशैं, तिहार रमाइलो गरी परिवारसँग नमनाएको । त्यहीभएर खासै याद आउँदैन।’, भारतीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘हाम्रो ठुलो चाडपर्व दशैं, तिहारसँग त सम्बन्ध नै टुटे जस्तो लाग्छ।’

वैदेशिक रोजगारीका कारण ठूला चाडपर्व र आफ्नो संस्कृतिसँगै सम्बन्ध टुटेजस्तो भएको भारतीलाई लाग्छ । पछिल्लो एक दशक वैदेशिक रोजगारीमै बिताएकोले होला अहिले त ठूला पर्वको महत्व नहुने गरेको उनको भनाई छ।

मलेसिया रोजगारीका लागि ४ वर्षअघि पुगेका ताप्लेजुङका पदम पुरीलाई पनि यस्तै लाग्छ। ‘आजकल त दशैंतिहारको उत्ती वास्ता नै लाग्दैन’, उनी भन्छन, ‘नेपालमा भएका परिवारसँग दैनिक कुराकानी हुन्छ। कसरी दशैं, तिहार मनाइयो भनेर सोधिन्छ । कोको टीका लगाउन आए भनेर कुरा हुन्छ । त्यसपछि परिवारले चाडपर्व मनाएको तस्वीर सामाजिक सञ्जालमार्फत हेर्न पाइहालिन्छ।’

पुरीले पहिलेको जस्तो चाडपर्वको सम्झना नहुने गरेको जिकिर गरे। ‘पहिले दशैं, तिहारको खुबै याद आउथ्यो । तर, अहिले त खासै वास्ता लाग्दैन।’ अर्काको देशमा काम गर्न आएपछि दसैं, तिहारजस्ता पर्वको महत्व हराउँदै गएको उनको भनाई छ।

३ वर्षअघि विद्यार्थी भिसामा जापान गएका पाँचथरका सुमेश ओझाले परिवारसँग बसेर दशैं, तिहार मनाउन नपाएको सुनाए । ‘धेरै वर्षसम्म दशैं, तिहार परिवारसँगै बसेर मनाउन नपाएपछि त्यसको महत्व हराउँदै जाँदो रहेछ’, उनले भने, ‘विदेशिएपछि त परिवार र पर्व सबै टाढिँदै जाने रहेछन् ।’

यता, युएईमा ८ वर्षदेखि कार्यरत धरानका अमर लिम्बुले विदेशमा नेपाली चाडपर्व भन्दा कामको बढी महत्व हुने बताए। भने, ‘समय रह्यो र साथीभाइ जम्मा हुने मौका मिल्यो भने रमाइलो हुन्छ। नत्र चाडबाडको चाहेर पनि वास्ता हुँदैन।’

तर, विदेश गएका धेरै नेपाली भने दसैं, तिहार जस्ता चाडपर्वमा बिदा मिलाएर नेपाल आउँछन । चाडपर्वले विदेशीहरुका लागि महत्व नराख्ने हुँदा नेपालीहरुलाई बिदा मिलाउन भने गाह्रो हुनेगर्छ । कतिपय देशमा भने नेपाली समुदाय मिलेर उचित समयमा यस्ता चाडपर्व मनाउने गरेको पनि पाइन्छ । दूतावासमा र आफुभन्दा ठुलाको हातबाट काम सकेर टीका लगाउने गरेको उनको भनाई छ ।

परिवारसँग जोडिने माध्यम सामाजिक सञ्जाल

पछिल्लो समय सामाजिक सञ्जालको पहुँचले पनि चाडपर्वमा घर आउन नपाएकाहरुलाई केही सहज बनाइ दिएको छ । एक क्लिकको भरमा परिवार तथा आफन्तसँग प्रत्यक्ष कुराकानी तथा फोटोसँग भिडियो वातालाभ गर्ने सहज भएको छ । दशैंतिहार र अन्य चाडपर्वमा सामाजिक सञ्जालले धेरैलाई परिवारसँग जोडिन नै भएको छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगले चाडपर्वको महत्व पनि बढ्दै गएको बताउँछन झापाका रमेश भण्डारी ।

चाडपर्व मनाएको तस्वीर र भिडियो सामाजिक सञ्जालमार्फत आदान प्रदान हुँदा दुवैतर्फ खुसीयाली थपिने उनले बताए। त्यस बेला घरमै पुगे जस्तो हुने उनको भनाइ छ ।

विदेशमा रहेका अधिकांश नेपालीहरुले सामाजिक सञ्जालमार्फत नेपालमा आफन्त तथा परिवारले चाडपर्व मनाएको तस्वीर हेरेर सन्तुष्टि लिने गरेको पाइन्छ।

हाल, वैदेशिक रोजगारीमा करिब ४० लाखभन्दा बढी नेपाली कार्यरत छन् । जसमध्ये दशैं, तिहार मनाउन २ लाखभन्दा धेरै स्वदेश फर्किने गरेको अनुमान सरकारी अनुमान छ । हामीले दशैंका बारेमा सबैसँग सामाजिक सञ्जालमार्फत नै कुराकानी गरेका सन्दर्भ तयार पारेका हौं ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : १५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने