मंगलबारदेखि नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ | Khabarhub Khabarhub

मंगलबारदेखि नेपालमा पाइपलाइनबाटै पेट्रोलियम पदार्थ


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मंगलबारदेखि भारतबाट पाइपलाइनमा नियमित रुपमा पेट्रोलियम पदार्थ नेपाल आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक साथ स्वीच अन गरी उद्घाटन गरेपछि पेट्रोलियम नियमित नेपाल आउने छ ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादवका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ । दैनिक २० घन्टासम्म ३० हजार किलोलिटर तेल पाइपबाट नेपाल आउनेछ ।

अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छ । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई गरी ४ ट्यांकीमा अमलेखगञ्ज डिपोमा तेल जम्मा हुनेछ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ०६ बजे

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको