एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनल सम्भावना समाप्त | Khabarhub Khabarhub

एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, सेमिफाइनल सम्भावना समाप्त


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । कोलम्बोमा आज भएको खेलमा बंगलादेशसँग नेपाल ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य बंगलादेशले ४९ ओभर २ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । अब नेपालले अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ ।

कप्तान अक्बर अलीले विस्फोटक ब्याटिङ गरेपछि बंगलादेशले चुनौतिपूर्ण लक्ष्य पनि पूरा गर्न सफल भयो । अलीले नट आउट रहँदै ९८ रन जोडे भने तोहिद हृदयले ६० रनको योगदान गरे । यस्तै शमिम होसैनले नट आउट ४२ रन बनाउँदा महमुदुल हसन जोयले ४० रन जोडे । नेपालका कमल सिंह ऐरीले २ विकेट लिए भने रशिद खान र हरि चौहानले १–१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६१ रन बनायो । नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय इनिङ्स खेले ।

पवनले १ सय ९ बलमा ८ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए । विस्फोटक ब्याटिङ गरेका सन्दीपले ३७ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन बनाए । यस्तै रित गौतमले ३२ रन जोड्दा कुशल मल्लले २८ रन बनाए । त्यस्तै भिम सार्कीले २१ रन बनाउँदा कप्तान रोहित पौडेलले १४ रन बनाए ।

बंगलादेशका लागि तान्जिम हसन शकिब र साहिन आलमले २–२ विकेट लिए । पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : २७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र