तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने ट्रम्पको घोषणा | Khabarhub Khabarhub

तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने ट्रम्पको घोषणा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक अतिवादी संगठन तालिबानसँगको शान्ति सम्झौताबाट पछि हट्ने बताएका छन् ।

शान्ति सम्झौताको प्रक्रियाअन्तर्गत पछिल्लो वैठकमा ट्रम्प तालिबान नेता र अफागनी राष्ट्रपति समेत सहभागी हुने गोप्य बैठकमा सहभागी हुने कार्यक्रम थियो । तर, अब उक्त वार्ता नै रद्द गरिदिएको ट्रम्पको भनाइ छ ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा सन्देश लेख्दै राष्ट्रपति ट्रम्पले पछिल्लो पटक बिहीबार भएको एक कार बम विस्फोट पछि शान्ति सम्झौता नै रद्द गर्ने बताएका छन् ।

बिहीबार अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबर तालिबानसँग सैद्धान्तिक रुपमा एक शान्ति सम्झौता हुने बताएका थिए ।

प्रस्तावित शान्ति सम्झौताअनुसार अमेरिका अबको २० मा अफगानिस्तानबाट आफ्ना ५ हजार ४ सय सैनिकलाई फिर्ता बोलाउन राजी समेत भएको थियो । यद्यपि उक्त सम्झौतालाई अन्तिम रुप भने राष्ट्रपति ट्रम्पले नै दिने भनिएको थियो ।

तर, बिहीबार काबुलमा भएको बम विस्फोट पछि तालिबान पक्षबाट शान्ति सम्झौताको पालना हुने विषयमा अमेरिकाले आशंका जनाएको छ ।

तालिबानले १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो ।

अफगानिस्तानमा २००१ देखि अमेरिकाको अगुवाइमा सैन्य अभियान शुरु भएको थियो । अन्तर्राष्ट्रिय गठवन्धन सेनाको रुपमा भएको सैन्य अभियानअन्तर्गत हालसम्म करिब ३ हजार ५ सय सैनिक मारिएका बीबीसीले जनाएको छ । मारिनेमध्ये २ हजार ३ सय जना अमेरिकी सैनिक छन् ।

 

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : ०३ बजे

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै

आजको मौसम : केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार