टस हारेको नेपालले बंगलादेशविरुद्ध व्याटिङ गर्ने | Khabarhub Khabarhub

टस हारेको नेपालले बंगलादेशविरुद्ध व्याटिङ गर्ने


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको आजको खेलमा नेपालले बंगलादेशविरुद्ध व्याटिङ गर्ने भएको छ ।

कोलम्बोमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको हो ।

पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासंग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो ।

बंगलादेशसँग आज नेपाल पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ । पहिलो खेलमा बंगलादेशले युएईलाई पराजित गरेको थियो ।

श्रीलंकाले युएईलाई र नेपालले बंगलादेशलाई पराजित गरे अन्तिम खेल अगावै नेपाल र युएई प्रतियोगिबाट बाहिरिने छन् ।
पहिलो खेलमा बंगलादेशले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

पछिल्लो पाँच खेलको हेड टु हेडमा बंगलादेश बलियो रहेको छ । पाँच भेटमा बंगलादेशले ४ खेल जितेको छ । एक खेल भने वर्षाको कारण नतिजा विहिन भएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : ०३ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ