सामसुङ ग्यालेक्सी नोट १० सार्वजनिक, 'फाइभ–जी'का साथै ट्रिपल क्यामेरा | Khabarhub Khabarhub

सामसुङ ग्यालेक्सी नोट १० सार्वजनिक, ‘फाइभ–जी’का साथै ट्रिपल क्यामेरा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रयोगकर्ताहरुको पर्खाइमा रहेको सामसुङ ग्यालेक्सी नोट १० को सिरिज सार्वजनिक भएको छ । न्यूयोर्कमा भएको एक कार्यक्रमकाबीच सामसुङले आफ्नो पछिल्लो ग्यालेक्सी नोट १० सिरिज सार्वजनिक गरेको हो ।

६.३ इन्चको डिस्प्ले रहेको ग्यालेक्सी नोट १० मा एस पेनको फिचर पनि उपलब्ध छ । यसका साथै ग्यालेक्सी नोट १० प्लसमा भने ६.८ इन्चको डिस्प्ले रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा ८ जिबी र्‍याम तथा २५६ जिबी स्टोरेज भएको ग्यालेक्सी नोट १० को मोडलहरु सार्वजनिक गरिएको छ ।

न्यूयोर्कमा यसको एलटीई भर्सनका साथ ‘फाइभ–जी’ वाला स्मार्टफोन सार्वजनिक गरिएको थियो । ग्यालेक्सी नोट १० मा माइक्रो एसडी कार्ड राख्ने स्लट भने उपलब्ध छैन । ग्यालेक्सी नोट १० प्लसमा भने माइक्रो एसडी कार्ड स्लट उपलब्ध रहेको छ । यसको सहयोगमा स्टोरेजलाई १ टिबीसम्म बढाउन सकिने छ ।

नोट १० प्लसमा १२ जिबी र्‍याम र २५६ वा ५१२ जिबी स्टोरेजको विकल्प रहेको छ । दक्षिण कोरियामा भने यसको ‘फाइभ–जी’ भेरियन्ट उपलब्ध रहने छ ।

ग्यालेक्सी नोट १० मा तीन वटा क्यामेराको सुविधा उपलब्ध छ ।

१६ मेगाफिक्सेलको अल्ट्रा वाइड क्यामेरा, १२ मेगाफिक्सेलको वाइड एंगल क्यामेरा र १२ मेगाफिक्सेलको टेलिफोटो क्यामेरा रहेका छन् । यसका साथै १० मेगाफिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

ग्यालेक्सी नोट १० मा ३५०० एमएएचको ब्याट्री रहेको छ भने ग्यालेसक्सी नोट १० प्लसमा ४३०० एमएएचको ब्याट्री रहेको छ । दक्षिण एसियाली बजारमा भने ग्यालेक्सी नोट १० र नोट १० प्लसको प्रि बुकिङ लिन शुरु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ४ : ०८ बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका