सुनको मूल्य बृद्धि रोकिएन, आज पनि बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य बृद्धि रोकिएन, आज पनि बढ्यो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

सुनको मूल्य बढिरहँदा बिहीवार(आज) सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

सुन आज प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको तुलनामा बिहीवार प्रति तोला सुनको मूल्य ५ सय रुपैयाँ बृद्धि भइ तोलाको ७० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय मागथ कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ ।

व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो।
चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १२ : ३४ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।