राहत सामग्री चोरी गर्ने चार पक्राउ | Khabarhub Khabarhub

राहत सामग्री चोरी गर्ने चार पक्राउ


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ टक्सार बस्ने जितेन्द्र माझी, राजकुमार माझी, सुरेश माझी र सियाराम माझी रहेको उनले बताए । पक्राउ परेकाहरुको कोठाबाट चोरी गरिएको सामग्रीसमेत बरामद गरिएको प्रनाउ नेपालले जानकारी दिए ।

गएको असार २६ गते रेडक्रसले वितरण गर्न राखेको कम्मल, त्रिपाल, ब्ल्याङकेट, रेनकोट, स्लिपिङब्यागलगायतका करिब २ लाख ५० हजार बराबरको सामग्री कार्यालयबाटै चोरी भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ०७ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार