६२ नाघेका पूर्व अर्थमन्त्री कार्कीले तेस्रो पटक लगनगाँठो कस्दै | Khabarhub Khabarhub

६२ नाघेका पूर्व अर्थमन्त्री कार्कीले तेस्रो पटक लगनगाँठो कस्दै


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले फेरि विवाह गर्ने भएका छन् ।

आइतबार साँझ उनले विवाहका लागि टिकाटालो समेत गरेको स्रोतले बताएको छ । दिनभर पार्टी कार्यलयमा पार्टी केन्द्रीय समिति बैठकमा रहेका उनले साझ भने राजधानीको थापाथलीस्थित एक पार्टी प्यालेसमा टिकाटालो गरेका हुन् ।

६२ बर्षिय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । तर उनले विवाह गर्न लागेका बधुको नाम भने खुल्न सकेको छैन ।

कार्कीको परिवारले आफ्नो परिवारका केही समिति सदस्यलाई मात्रै बोलाएर इंगेजमेन्ट गरेका हुन् । गोप्य ढंगले इंग्जेमेन्ट गरेका कार्कीले विवाहको मिति समेत सार्वजनिक गरेका छैनन् ।

पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले अहिले गर्न लागेको विवाह तेस्रो हो । यस अगाडी विवाह गरेका दुबै श्रीमतिको निधन भएपछि उनले तेश्रो विवाह गर्न लागेका हुन् । उनको पहिलेको श्रीमति तर्फका एक छोरी छन् ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : ३६ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु