नेपाली चेली अस्मिता अमेरिकी सेनामा सेकेण्ड लेफ्टिनेन्ट | Khabarhub Khabarhub

नेपाली चेली अस्मिता अमेरिकी सेनामा सेकेण्ड लेफ्टिनेन्ट


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-वीर गोर्खालीका सन्तानका रुपमा विश्वमा चिनिएका नेपालीले सोही छापलाई अझै प्रगाढ बनाउँदै लगेका छन् । अहिले पनि नेपालीहरु भारत, बेलायत, अमेरिकालगायतका सम्पन्न राष्ट्रको सुरक्षार्थ तैनाथ हुने गरेका छन् ।

पछिल्लो समय नेपाली जवानहरु उच्च ओ‌हदामा पनि पुग्ने गरेका छन् । यसैको एक उदाहरण हुन नेपाली चेली अस्मिता गुरुङ । उनी अमेरिकी सैनिकको उच्च ओहदामा पुगेकी छन् । स्याङ्जाकी अस्मिता अहिले अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छन् ।

स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी उनले आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी थिइन । अस्मिताले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली पास गरेकी थिइन भने सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन। कक्षा १२ को अध्ययन सकेर उनि अमेरिका गएकी थिइन् ।

अमेरिकामा रहँदा उनले टेक्सासमा ब्याचलर अफ साइन्स (नर्सिङ)मा स्नातक गरिन । त्यसपछि उनी विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्ट बनिन । उनले ९ मे २०१९ मा सपथ पनि लिइसकेकी छन् । उनका बुबा आइसबहादुर भारतीय सेनाबाट अबकास भएका हुन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १ : ५६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र