२ हजार ४ सय व्यापारीलाई कारवाही | Khabarhub Khabarhub

२ हजार ४ सय व्यापारीलाई कारवाही


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले २ हजार ४ सय ४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो ।

कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जानकारी दिए। ‘नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेका हौं’, उनले भने ।

चालू आवमा १ हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ । ३ हजार ७ सय ३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४ सय ६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट ९२ लाख ७१ हजार ३ सय ३ राजश्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ११ : २६ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै