धुर्मुस–सुन्तलीले मलेसिया पुगेर क्रिकेट खेले | Khabarhub Khabarhub

धुर्मुस–सुन्तलीले मलेसिया पुगेर क्रिकेट खेले


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्र्टिय स्तरको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप सहयोग जुटाउन कलाकार तथा अभियन्ता सीताराम कट्टेल र कुञ्जना घिमिरे यतिबेला मलेसिया छन् । यी दुईले मलेसियामा ‘धुर्मुस–सुन्तली साँझ’ मा क्रिकेट खेलेर हँसाउँदै दर्शकलाई मनोरञ्जन दिएका छन् ।

मलेसियाको उक्त कार्यक्रममा चर्चित लोकगायक बद्री पंगेनी, गायिका मेलिना राई, सम्झना भण्डारीले पनि गीत प्रस्तुत गरेका थिए । ‘सीटी एक्सप्रेस धुर्मुस–सुन्तली साँझ २०७५’ को आयोजना गरिएको यो कार्यक्रम मलेसियाका दुई शहर क्वालालम्पुरको डेवान मारियमेनस्थित सिटी सेन्टर र क्वालालम्पुरको गरिएको थियो भने दोस्रो शो पेनाङ एसटी एन्नी चर्चमा गरिएको थियो ।

दुवै कार्यक्रमबाट दर्शकले मनोरञ्जन लिएका थिए ।

धुर्मुस सुन्तलीले जनाएअनुसार अब फेब्रुअरी १० मा जोहर बारुमा कार्यक्रम हुनेछ ।

चितवनमा झण्डै तीन अर्बको लगानीमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न धुर्मुस सुन्तली यतिबेला विदेशका विभिन्न शहर पुगेर साथ र सहयोग बटुलिरहेका छन् ।

तस्वीरहरु : ज्ञानेन्द्र कार्की / मलेसिया 

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ६ : ०५ बजे

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले