फ्राइडे रिलिज : ‘समर लभ’ ले सोलो रिलिजको फाइदा उठाउला ? | Khabarhub Khabarhub

फ्राइडे रिलिज : ‘समर लभ’ ले सोलो रिलिजको फाइदा उठाउला ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ २५ अर्थात् आज शुक्रवारदेखि नेपाली सिनेमा हलमा चलचित्र ‘समर लभ’ सोलो रिलिज हुँदैछ । लेखक सुबिन भट्टराईको उपन्यासमा आधारित यो फिल्ममा एक जोडीको प्रेमकथालाई देख्न सकिन्छ ।

यो फिल्मले सोलो रिलिजको मौका पाएपनि हलमा गत हप्ता रिलिज भएका तीन फिल्म ‘गोपी’, ‘सयकडा दश’ र ‘रणवीर’ को पनि प्रदर्शन भइरहेका छन् । यी बाहेक हिन्दी र अङ्ग्रेजी पनि फिल्मले पनि केही शो ओगटेका छन् ।

फिल्म ‘समर लभ’ मा आशिष पिया र रेवती क्षेत्रीले उपन्यासका मुख्य पात्र अतीत र सायाको भूमिका निभाएका छन् । यो बाहेक फिल्ममा सुस्मिताको भूमिका कलाकार नम्रता सापकोटाले निभाएकी छिन् ।

यी कलाकारका अलावा शिशिर भण्डारी, सरोज खनाल, सुरजसिंह ठकुरी, ओम प्रतीक लगायतले फिल्ममा अभिनय गरेका छन् ।

सुबिन भट्टराईको कथा रहेको यो फिल्ममा स्किृप्ट सामीप्यराज तिमल्सेनाको रहेको छ भने संवादलाई सुबिन भट्टराई र सामीप्यराज तिमल्सेनाले लेखेका हुन् ।

मुस्कान ढकालको निर्देशन रहेको यो फिल्ममा सञ्जय लामाको डीओपी, एलिस कार्कीको पाश्र्वध्वनि तथा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ ।

चलचित्र हेरेका दर्शकले अभिनेता आशिष पिया र रेवती क्षेत्रीको कामको तारिफ गरिरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  २ : २८ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज