बिग बास लिगमा आज ब्रिसबानेविरुद्ध खेल्दै मेलबर्न, सन्दीप खेल्ने पक्का ? | Khabarhub Khabarhub

बिग बास लिगमा आज ब्रिसबानेविरुद्ध खेल्दै मेलबर्न, सन्दीप खेल्ने पक्का ?


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियाको बिग बास लिगमा आज (शुक्रवार) नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको टीम मेलबर्न स्टारर्स ब्रिसबाने हिटविरुद्ध खेल्दै छ । ब्रिसबाने क्रिकेट मैदानमा दिउँसो ३ः२५ बजे शुरु हुने खेलमा लेगस्निपर सन्दीप मेजर ११ मा पर्ने संभावना बलियो छ ।

यसअघि सन्दिपकाे स्थानमा खेलिरहेका पेश बलर लियम पुङ्कीट मेजर ११ मा नपरेसँगै शुक्रवारकाे खेलमा सन्दिपकाे संभावना बलियाे बनेकाे हाे ।

मेलबर्न स्टारर्सबाट ४ खेल खेलेका लामिछानेले यसअघि ८ विकेट लिएका थिए । बिग बासको तीन चरणका खेल सकिँदा लामिछाने सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा थिए ।

जनवरी १ मा अस्ट्रेलियाबाट बंगलादेश प्रिमियर लिग (बीपीएल) मा सिलेट सिक्सरबाट खेल्न बंगलादेश पुगेका सन्दीप जनवरी २५ देखि यूएईमा शुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय तथा ट्वान्टी—२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागी भएका थिए ।

यूएईविरुद्धको श्रृङ्खलामा २—१ को जीत निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको थियो भने सन्दीप यूएईबाट सिधै बीबीएलका लागि अस्ट्रेलिया उडेका थिए ।

मेलबर्नमामा लामिछानेको स्थानमा आएका इङ्ल्यान्डका पेश बलर लियम पुङ्कीटले ८ खेलमा १२ विकेट लिएका छन् ।

अब दुई खेलमा लगातार जीत निकाल्न सके मेलबर्न बीबीएलको नकआउट चरणमा पुग्ने छ । सन्दीप मेलवर्नको सुरुवाती खेलमा पहिलो रोजाइमा परेका थिए । तर, बंगलादेशमा भने उनी केही खेलमा बेञ्चमा बस्नु परेको थियो ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १२ : १६ बजे

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु

अढाई वर्षीया नाबालिका भारतीयलाई बेचियो, पाल्ने जिम्मा लिएकी महिला पक्राउ

काठमाडौं– एकजना अढाई वर्षीया नाबालिकालाई भारत लगेर बेचेको खुलेको छ

भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार

भोजपुर– गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय