चीन र अमेरिकाले सहकार्य गरुन् : अमेरिकाका लागि चिनियाँ राजदूत | Khabarhub Khabarhub

चीन र अमेरिकाले सहकार्य गरुन् : अमेरिकाका लागि चिनियाँ राजदूत


२५ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन, संयुक्त राज्य अमेरिका- संयुक्त राज्य अमेरिकाका लागि चीनका राजदूत कुइ चिनकाइले चीन र अमेरिकाबीच अझ सशक्त सहकार्यको अपेक्षा गरेको बुधबार बताउनुभएको छ ।

चीन–अमेरिकाबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्षको उपलक्ष्य र चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको एक समारोहमा कुईले विश्वमा अथाह परिवर्तन भइरहेकोले चीन र अमेरिकाबीच सहकार्य होस् भन्ने चाहना आफूको मात्र नभएर विश्व समुदायकै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिलेभन्दा अझ बढी विश्वव्यापी परिवर्तनहरू आइरहेका छन् । विश्वले चीन र अमेरिकाबीचको सहकार्य चाहेका छन् ।’

कुईले भन्नुभयो, ‘हाम्रा जनताले वासिङ्टन र बेइजिङबीचको सहकार्य चाहेका छन् । हाम्रा साझा चासोका विषय बढ्दैछन् । हामीले सहकार्यलाई विगत चार दशकका उपलब्धिका आधारमा बिस्तार तथा मजबुत पार्न जरूरी छ ।’

चालिस–बर्ष पूरानो चीन–अमेरिका कूटनीतिक सम्बन्धले दुई देशलाई विश्वव्यापी आर्थिक सङ्कट र कोरियाली प्रायदीपको राजनीतिक समाधानजस्ता क्षेत्रीय तथा विश्वव्यापी बिषयमा निकट बनाएका उहाँको भनाइ थियो ।

समारोहमा अमेरिकी बाणिज्य मन्त्री विल्बर रोस, एशिया मामिला हेर्ने अमेरिकी सुरक्षा परिषदका विशिष्ठ निर्देशक मट पोटिङ्गर तथा अमेरिकी कङ्ग्रेसका कैयौँ सदस्यतथा करिब ७५० अतिथिको सहभाअगिता रहेको थियो ।

जनगणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाबीच औपचारिक सम्बन्ध १९७९ को जनवरी १ मा स्थापित भएको थियो । विगत चार दशकमा विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको सम्बन्धमा धेरैले अनुमान गर्नेभन्दा आश्चर्यजनक रहने गरेको छ ।

दुई देशको व्यापार सन् १९७० को दशकको अन्त्यतिर बार्षिक करिब २ दशमलव ५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१७ सम्म आइपुग्दा बार्षिक पाँच खर्ब ८० अर्ब अमेरिकी डलर पुगेको छ । त्यसैगरी दुईतर्फी लगानी व्यवहारिक रूपमा शुन्यबाट दुई खर्ब ३० अर्ब अमेरिकी डलर पुगेको छ ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  ८ : ३९ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्