अन्तर स्कुल राष्ट्रिय भलिबल जेष्ठ १५ देखि | Khabarhub Khabarhub

अन्तर स्कुल राष्ट्रिय भलिबल जेष्ठ १५ देखि


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर विद्यालय/कलेज स्तरीय भलिबल प्रतियोगिता जेष्ठ दोस्रो साता आयोजना हुने भएको छ । एञ्जल स्पोट्स एकेडेमी एण्ड रिक्रिइसन सेन्टर मनमैजुको आयोजनामा ‘प्रथम राष्ट्रिय एञ्जल्स हार्ट अन्तर विद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता—२०७६’ आयोजना हुने भएको हो ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता जेष्ठ १५ देखि २१ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा देश भरका ८० देखि सय टिमको सहभागिता रहने आयोजकको दाबी छ । स्कुलमा पढिरहेका देखि कक्षा १२ को परीक्षा दिएर बसेका खेलाडीहरुले प्रतियोगितामा खेल्न पाउने प्राबधान रहेको आयोजकले जानकारी दिएको छ ।

निजी क्षेत्रबाट आयोजना हुन लागेको पुरुष भलिबल प्रतियोगिताका लागि नेपाल भलिबल संघले ६ थान भलिबल सहयोग गरेको छ । ८० सहभागी हुने प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको प्राङ्गढ र मनमैंजु स्थित एकेडेमिको प्राङ्गणमा खेल सञ्जालन हुनेछ ।
उपत्यका बाहिरका टिमहरुका लागि आयोजकले खाने बस्ने व्यवस्था गरेको छ । जसमा आयोजकले प्रतियोगितामा २५ देखि ३० जना टिमको सहभागिता जनाउने अनुमान गरिएको छ । जसका लागि ५ लाख खर्च छुट्याइएको छ ।

प्रतियोगिताको विजेताले १ लाख नगदसहित ट्रफी, गोल्डमेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रे हुनेले ५० हजार नगदसहित ट्रफी, सिल्भर मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेस्रो हुने टिमले २५ हजारसहित ट्रफी, कास्य पदक प्राप्त गर्नेछ । यस्तै, चौथो हुनेले सान्त्वना पुरस्कार १५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, व्यक्तिगत विधातर्फ, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्स र बेष्ट कोचले गोल्ड मेडल र प्रमाणपत्रसहित समान ५—५ हजार प्राप्त गर्नेछन् । ६ दिनसम्म चल्ने प्रतियोगिताको अनुमानित लागत खर्च १८ लाख रहेको छ ।

विद्यालयस्तरका खेलाडीमा रहेको प्रतिभाको पहिचानका लागि प्रतियोगिता आजोजना गर्न लागिएको कार्यक्रम संयोजक दिलबहादुर बुढाथोकीले बताए । उनले पहिलो पटक हुन लागेको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्दै आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ६ : ५३ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही