स्वास्थ्य बिमा कार्यक्रमको तीन वर्ष, बिमितको रुचि घट्दै गएको सरकारी तथ्यांक | Khabarhub Khabarhub

स्वास्थ्य बिमा कार्यक्रमको तीन वर्ष, बिमितको रुचि घट्दै गएको सरकारी तथ्यांक


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बिमाप्रति बिमितको रुचि घट्दै गएको सरकारी तथ्यांकले देखाएको छ । स्वास्थ्य बिमा बोर्डले तेस्रो वार्षिकोत्सव मनाउँदै गर्दा स्वास्थ्य अनुसन्धान परिषद्ले भने स्वास्थ्य बिमामा बिमितको रुचि घट्दै गएको तथ्यांक सार्वजनिक गरेको हो ।

पहिलो चरणमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएका तीन जिल्लामा परिषद्ले गरेको अध्ययनमा बिमाप्रति मानिसको रुची घट्दै गएको देखिएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका कैलाली, बाग्लुङ र इलाममा परिषद्ले गरेको अध्ययन रिपोर्ट सोमबार सार्वजनिक गरिएको थियो ।

परिषद्ले तीन जिल्लाका ३ सय ३८ जनामा गरेको सर्वेक्षणले ६१ प्रतिशत बिमितले स्वास्थ्य बिमा बाहेक अरु स्वास्थ्य सेवा प्रयोग नगरेको पाइएको छ ।

सर्वेक्षणका क्रममा स्वास्थ्य बिमामा संलग्न स्वास्थ्यकर्मीहरुले स्वास्थ्य बिमामा बिमितको रुचि घट्दै गएको पाइएको छ । बिमितहरुले तोकिएको स्वास्थ्य संस्था तथा अस्पतालबाट बिमामा सम्झौता भए अनुसार औषधि नपाउने, पर्याप्त प्रयोगशालाका सेवाहरु प्रयोग गर्न नपाउने कारणले बिमाप्रति मानिसको आकर्षण घट्दै गएको सर्वेक्षणले देखाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सबै नागरिकलाई संलग्न गराउन देखिएका समस्याहरु समाधान गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन विज्ञहरुले सुझाव समेत दिएका छन् ।

स्वास्थ्य बिमा बोर्डले भने स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भइरहेको दावी गर्छ । स्वास्थ्य बिमा वोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले नेपालमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको तीन वर्षमै धेरै बिमितलाई कार्यक्रममा समेटिएको बताए ।

तीन वर्ष अघि शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा ४२ जिल्लाका १५ लाख ७१ हजार ४ सय ८१ जना सहभागी भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : ०२ बजे

कानुन दिवस : न्याय परिषदको समीक्षा

हरेक वर्ष वैशाख २६ गते स्वतन्त्र न्यायपालिकाको जन्मदिन मान्दै कानुन

कुलमानको स्पष्टीकरण : ‘अंशबण्डा भइसकेका दाजुभाइसँग जोडेर बदनाम गर्न खोजियो’

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अंशबण्डा

न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई छुट

काठमाडौं– न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र प्रभु बैंकबीच

सुनसरीबाट सशस्त्रद्वारा एक क्विन्टल गाँजा बरामद

सुनसरी– मंगलबार राती सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद

म्यान्माद्वारा आर्थिक वर्ष पाँच लाख टन हरियो चना निर्यात

याङ्गुन– म्यान्माले आर्थिक वर्ष सन् २०२३–२४ मा पाँच लाख तीन