अरुलाई दोष दिएर पन्छिने अवस्था छैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

अरुलाई दोष दिएर पन्छिने अवस्था छैन : प्रधानमन्त्री


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सवैले दत्तचित्त भएर आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका छन् ।

समृद्धिका लागि आवश्यक वातावरण तयार भएको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यकता अनुसार संविधान, कानून परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले विगतका गलत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गरे ।

उनले विकासका लागि अब अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार–निजी क्षेत्र कसैलाई पनि नरहेको स्पष्ट पारे ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्रै नहुने बताए । उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको पनि स्पष्ट पारे ।

लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले मुलुकको विकासका लागि निजी क्षेत्रकाे भूमिका उल्लेखनीय रहेकाे बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ४ : ३२ बजे

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।