पोखराको क्लब ९९ मा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी | Khabarhub Khabarhub

पोखराको क्लब ९९ मा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखराको हल्लनचोकस्थित क्लब ९९ मा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सिलिण्डर पड्किएर आगलागी भएको स्थानीयले जनाएका छन् । शुक्रबार राति ९ बजेपछि आगलागी भएको हो । स्थानीयका अनुसार क्लब ९९ को तल्लो फ्लोर बर्गर क्याफेबाट आगो लाग्न सुरु भएको हो । सिलिण्डर पड्किएपछि फैलिएको आगलागीबाट माथिल्लो तल्लामा रहेको क्लब ९९ मा समेत क्षति पुगेको छ ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।
खबरहबसँग कुरा गर्दै उनले भने–‘आगो नियन्त्रणको प्रयास जारी छ, आगलागीबाट बर्गर क्याफे र क्लब ९९ का भौतिक सामग्री जलेर नष्ट भएका छन् । क्षतिको एकिन विवरण आउन बाँकी छ ’

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ०६ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका