बझाङबाट नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ | Khabarhub Khabarhub

बझाङबाट नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।

विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् ।

देवकी मल्ल बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद हुन् ।

प्रहरीले सांसद मल्ल सम्पर्कविहीन भएको पुष्टि गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले सांसद मल्ल सम्पर्कविहीन भएको सूचना आएको बताए ।

स्थानीयले भने सांसद मल्लको अपहरण भएको बताएका छन् ।

मुखमा पट्टी बाँधेर आएका अज्ञात व्यक्तिले सांसद मल्ललाई नियन्त्रणमा लिएर लगेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ४ : ०७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई