नेकपा सचिवालय बैठक– सीके राउतसँगको सहमतिमा वामदेव र नारायणकाजीको आपत्ति | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक– सीके राउतसँगको सहमतिमा वामदेव र नारायणकाजीको आपत्ति


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसको सचिबालय बैठक सकिएको हो ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको ११ बुँदे सम्झौतालाई बैठकमा प्रस्तुत गरिएको थियो ।

‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गछौं’ भन्ने भाषा प्रयोग गरि गरिएको सम्झौताप्रति नेकपा सचिवालय बैठकमा सहमति जुट्न सकेन ।

सचिवालय सदस्यहरु वामदेव गौतम र प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएको स्रोतले जानकारी दियो ।

‘यो सरकारसँगको सम्झौता हो, यसलाई पार्टी स्वीकार गर्न सक्दैन’ गौतम र श्रेष्ठले सचिवलय बैठकमा भने ।

सम्झौता दुई देशको जस्तो गरी भएको र सीके राउतको प्रतिवद्धता कतै नदेखिएको मा गौतम र श्रेष्ठको आपत्ति थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : ३३ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।