वर्षौंदेखि अवैधानिक रुपमा ‘खानी’ सञ्चालन | Khabarhub Khabarhub

वर्षौंदेखि अवैधानिक रुपमा ‘खानी’ सञ्चालन


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् ।

उपसमितिका अनुसार नमोबुद्ध नगरपालिका–४ मा पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि खानी सञ्चालन गर्दै आएको छ भने विसं २०६५ देखि ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले रोशी गाउँपालिका–७ मा बिना दर्ता खानी सञ्चालन गर्दै आएको छ । नमोबुद्ध नपा–६ मा ब्लु साइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी खानी सञ्चालन गर्दै आएका हुन् ।

उपसमितिको अनुगमनले चार वटा खानी अवैधानिकरुपमा सञ्चालन भइरहेको प्रतिवेदन दिएको जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले जानकारी दिए । उनले भने, “प्रतिवेदनका आधारमा उद्योगसँग अल्टिमेटम दिएर खानी सञ्चालनसम्बन्धी कागजात मागेका छौँ, गैरकानूनीरुपमा सञ्चालित सबै खानी बन्द हुन्छन् ।”

उनका अनुसार जिल्लामा सञ्चाललित २३ वटा (ढुङ्गा, गिट्टी र बालुवा प्रशोधन तथा उत्पादन उद्योगमध्ये चार वटाको खानी अवैधानिक हो । उपसमितिको प्रतिवेदनमा काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको समेत उल्लेख छ ।

अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको र अवैधानिक खानीका कारण बस्ती जोखिममा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेश सांसद चन्द्र लामाले दर्ता नभएका उद्योगलाई तत्काल बन्द गर्नुपर्ने र प्रदेश सरकारको मापदण्डअनुसार सञ्चालन नगरिएका उद्योगलाई मापदण्ड पुर्‍याएर सञ्चालन गराउनुपर्ने बताए । उनले भने, “जनप्रतिनिधि नभएको अवस्थामा क्रसर देखाएर बिना दर्ता सञ्चालन भएका खानी तत्कालै बन्द गर्नुपर्छ ।”

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : ०८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई