एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न ठूला करदाताको आदेश | Khabarhub Khabarhub

एनसेललाई २२ अर्ब ४४ करोड लाभकर तिर्न ठूला करदाताको आदेश


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड निर्धारण गरेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार लाभकर निर्धारणको आदेश भएको ठूला करदाता कार्यालय ललितपुरका प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

‘सर्वोच्चको आदेशानुसार लाभकरण निर्धारण भइ चुक्ताका लागि आदेश भइसकेको छ,’ ठूला करदाता कार्यालयका प्रमुख अधिकारीले भने, ‘बिहीबार नै एनसेललाई लाभकर निर्धारण भएको आदेश दिइएको छ ।’

सर्वोच्च अदालतले गत भदौमा गरेको फैसलाको पूर्णपाठमा एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्न भनिएको थियो ।

ठूला करदाता कार्यालयले उक्त फैसलामा उल्लेख भएअनुसार गत वैशाख यताको ब्याज समेत जोडेर २२ अर्ब ४४ करोड रुपैयाँ लाभकर निर्धारण गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ३ : १८ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको