नेकपा सचिवालय बैठक सोमबार बस्दै, एजेण्डाका विषयमा ओलीसँग छलफल | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक सोमबार बस्दै, एजेण्डाका विषयमा ओलीसँग छलफल


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पार्टी सचिवालय बैठक बोलाउने तयारी गरेका छन् ।

पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने गरी सोमबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाउने तयारी भएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले खबरहबलाई जानकारी दिए ।

यसअघि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समेत बैठकमा सहभागी हुनसक्ने संकेत मिलेपछि बालुवाटारमा सचिवालय बैठक बस्ने भनिएको थियो । तर, प्रधानमन्त्रीले स्वास्थ्यका कारण बैठकमा पूर्ण समय दिन नसक्ने भएपछि बैठक धुम्बाराहीमै बस्ने गरी बोलाउने तयारी भएको हो ।

सचिवालय बैठक अघि प्रचण्डले बैठकका एजेण्डाबारे प्रधानमन्त्री ओलीसँग आइतबार दिउँसो नै छलफल गर्ने तयारी गरेका छन् ।

अध्यक्ष प्रचण्डले आइतबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा बोल्दै सचिवालय बैठक अघि प्रधानमन्त्री ओलीसँग महत्वपूर्ण विषयमा छलफल गर्न लागेको बताएका थिए ।

पार्टी सचिवालय बैठकको निर्णयानुसार ‘कार्यकारी’ अध्यक्षको जिम्मेवारी पाएका प्रचण्डले यसअघि बुधबार पनि सचिवालय बैठक बोलाएका थिए । बुधबारको वैठकमा हालै सम्पन्न उपनिर्वाचनको परिणाम, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लगायत विषयमा छलफल भएको थियो ।

बुधबार बसेको सचिवालय बैठक पछि उपनिर्वाचनको पूर्ण समीक्षा गरेर प्रतिवेदन पठाउन भन्दै उपनिर्वाचन सम्पन्न भएका जिल्ला, प्रदेश र स्थानीय तहका कमिटीलाई निर्देशन दिइएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ३३ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला