भ्रमण वर्षलाई लक्षित गरी 'घुम्न जाऊँ तुलसीपुर' अभियान | Khabarhub Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी ‘घुम्न जाऊँ तुलसीपुर’ अभियान


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘घुम्न जाऊँ तुलसीपुर’ अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

नगरप्रमुख पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी भव्य कार्यक्रम आयोजना हुने छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विमल रिजाल तुलसीपुरका पर्यटकीय क्षेत्रको पहिचान गरेर भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् ।

वडा नं ६ का वडाध्यक्ष नवराज लामिछाने तुलसीपुर घुम्न आउने पर्यटकको बसोबास र आतिथ्यताको उचित व्यवस्थापनमा विशेष ध्यान दिइने जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : १४ बजे

एलओडी फेरि विश्वका उत्कृष्ट ५० क्लबभित्र

काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय

खानीखोलामा श्रमाधान–कल सेन्टर सञ्चालन

काभ्रेपलाञ्चोक– जिल्लाको दुर्गम खानीखोला गाउँपालिकामा श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित

रास्वपाको निष्कर्ष : कांग्रेसले कसैको इशारामा राजनीतिक अस्थिरता निम्त्याउन खोज्यो

काठमाडौं-सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल

भौतिक संरचनामा प्रश्न उठाएपछि रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा  

काठमाडौं– दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ ।