भारतको एक खाद्य भण्डारमा आगलागी, ३५ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको एक खाद्य भण्डारमा आगलागी, ३५ जनाको मृत्यु


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको दिल्लीको एक खाद्य भण्डारमा भएको आगलागीमा परि ३५ जनाको मृत्यु भएको छ । घटनामा परी १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

समाचार संस्था एएनआईले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार घटनामा ३५ जनाको मृत्यु भएको छ ।

घाइतेको लोक नायक अस्पतालमा उपचार गरिदै छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार खाद्य भण्डार रहेको एक घरमा आगलागी भएको थियो ।

आगो नियन्त्रणका लागि दमकलसहितका ३० भन्दा धेरै गाडीहरु खटिएका थिए ।

आगलागी विहान ५ बजे भएको थियो । उक्त भवनको तेस्रो तलामा एक बेकरी रहेको छ ।

बेकरीको माथिल्लो तलामा आगो लागेको थियो । जसका कारण पूरै भवन आगोको चपेटामा परेको थियो ।

दिल्ली फायर सर्र्भिका उपप्रमुख सुनील चौधरीले भने,‘आगो नियन्त्रणमा लिइएको छ, ३० भन्दा धेरै दमकल अन्य गाडी राहत र वचाउ कार्यमा खटिएका थिए ।’

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १० : ३६ बजे

डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी