१ महिनामा साढे २४ हजार विदेशी पर्यटकद्वारा गण्डकी प्रदेशको भ्रमण | Khabarhub Khabarhub

१ महिनामा साढे २४ हजार विदेशी पर्यटकद्वारा गण्डकी प्रदेशको भ्रमण


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४ सय ७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३ सय ५१ पर्यटकले सो प्रदेश भ्रमण गरेका थिए ।

अक्टोबर पर्यटकीय आगमनका हिसाबले व्यस्त मौसम भएकाले अघिल्लो महिनाको तुलनामा अक्टोबरमा पर्यटकको सङ्ख्या वद्धि भएको बोर्डले जनाएको छ ।

पर्यटक आगमनको प्रवृत्ति हेर्दा अक्टोबर महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थलबाट, ३८ प्रतिशत पृथ्वी राजमार्ग भएर गएका छन् । यसरी नै गण्डकी प्रदेश भित्रिने पर्यटकमा तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२ दशमलव दुई प्रतिशतले बढी छ ।

उक्त अवधिमा १७ हजार ७६२ र भारतबाट छ हजार ७१५ पर्यटक तेस्रो मुलुकबाट आएका छन् । प्रदेशको पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीले सङ्कलन गरेको अन्तर्राष्ट्रिय पर्यटकको तथ्याङ्क हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ५३ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार