‘प्रेमगीत ३’ को मोसन पोस्टरमा यस्तो देखिए प्रदीप | Khabarhub Khabarhub

‘प्रेमगीत ३’ को मोसन पोस्टरमा यस्तो देखिए प्रदीप


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्त्यमा प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ को मोसन पोस्टर रिलिज भएको छ । फ्लोरमा जाने तयारीमा जान लागेको निर्माण टिमले फिल्मको मोसन पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिनेता प्रदीप खड्काको योद्धा अवतार देख्न सकिन्छ । पोस्टरले फिल्मप्रति दर्शकको चासो बढाएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा क्रिष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।

आसुशेन फिल्मको ब्यानरमा निर्माण हुने यो फिल्ममा हिमाल केसीको एक्सन, राजेश श्रेष्ठको डीओपी, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

२ सय वर्ष पुरानो कथा समेटिएको फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । फिल्म चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ३६ बजे

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य