हेलिकप्टर बूक गरेर सोनिकासँग पारस अन्नपूर्ण बेसक्याम्पतिर, हिमानी डिभोर्सको तयारीमा ! | Khabarhub Khabarhub

हेलिकप्टर बूक गरेर सोनिकासँग पारस अन्नपूर्ण बेसक्याम्पतिर, हिमानी डिभोर्सको तयारीमा !


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वयुवराज पारस हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । उनी मोडल तथा भिजे सोनिया रोकायासँग बेसक्याम्प पुगेका हुन् । पारससँग नाम जोडिएकी सोनिकाले भिडियो ब्लग युट्युबमा शेयर गरेकी छिन् ।

अन्नपूर्ण बेसक्याम्प पुगेर पारस त्यहाँको प्रकृतिसँग रमाएका थिए । बेसक्याम्पमा पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि पुगेकी थिइन् ।

अन्नपूर्ण बेसक्याम्पपछि पारस मुस्ताङ पुगेका छन् । उनी आफ्ना सहकर्मी र साथीसँग मुस्ताङ पुगेका हुन् । उनी म्याग्दी हुँदै बुधवार दिउँसो मुस्ताङ पुगेको बताइएको छ ।

हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुगेका पारस मुस्ताङ जाँदा २ वटा पजेरो जिप र ६ वटा मोटरसाइकलमा गएका थिए ।

भ्रमणमा रहेका पूर्वयुवराज पारसले तस्वीर खिच्न चाहनेसँग तस्वीर खिचाइरहेका छन् । शाहले बा १४ च २१३१ नम्बरको गाडी चढेका छन् ।

यता सोनिकासँग पारस नजिक भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले डिभोर्स दिने तयारी गरेकी छिन् । निर्मल निवास स्रोतले हिमानी डिभोर्स दिन लागेको दाबी गर्‍यो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर