कास्की उपचुनाव– विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

कास्की उपचुनाव– विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् ।  भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् ।

उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता गरेकी हुन् । भट्टराई पूर्व मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

त्यसैगरी साझा पार्टीका तर्फबाट रजनी केसीले उमेदवारी दर्ता गराएकी छन् ।

स्वतन्तमा कमलजंग कुँवर र यज्ञप्रसाद पंगेनीले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस बीपीका चन्द्रबहादुर रानाभाट र विवेकशील नेपाली जमुना शर्माले उमेदवारी दर्ता गराएका छन् ।

यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : १८ बजे

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि