नेपालमा पनि माहा चक्रवातको आंशिक प्रभाव | Khabarhub Khabarhub

नेपालमा पनि माहा चक्रवातको आंशिक प्रभाव


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पश्चिमी वायुको साथै माहा चक्रवातको आंशिक प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी र परामर्श जारी गर्दै महाशाखाले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको संभावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको र अन्य भू–भागमा भने मौसम सफा छ ।

महाशाखाका अनुसार बिहीबार आइतबार पश्चिमी, पूर्वी र मध्य पहाडी भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी एवं हिमाली भेगमा हिमपातको सम्भावना छ । त्यस्तै शुक्रबार पहाडी र पूर्वी तराईमा आंशिक बदली रही पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ:

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम र मध्य भु-भाग लगायत पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागका एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भु-भागमा हिमपातको सम्भावना छ ।

राति: देशको पश्चिम भु-भागमा आंशिक देखि सामान्य बदलि रही मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदलि र बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागमा एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि भु-भागमा हिमपातको सम्भावना छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पुर्वी तराइका भु-भागमा आंशिक बदलि रहने छ र बाँकि भु-भागमा सामान्यतया सफा रहने देखिन्छ। देशका पहाडि भु-भागको एक दुइ स्थानमा हल्का वर्षा र हिमालि भु-भागमा हिमपातको सम्भावना छ ।

राति: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशको पुर्वी भु-भाग लगायत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

राति: देशको पुर्वी र मध्य भु-भाग लगाएत पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ९ : ५९ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०