म्याकडोनाल्ड्स सफलताको कथा – ३८ हजार रेष्टुरेन्टमा २० लाख जना रोजगार | Khabarhub Khabarhub

म्याकडोनाल्ड्स सफलताको कथा – ३८ हजार रेष्टुरेन्टमा २० लाख जना रोजगार



फास्ट फूडको लागि चेन रेष्टुरेन्टको रुपमा संसारमा म्याकडोनाल्ड्स सबैभन्दा लोकप्रिय र सहजै चिनिने नाम हो ।
म्याकडोनाल्ड्सका बर्गर, चिकेन नगेट्स, फ्राइज, स्न्याक र्‍याप, चिकेन स्याण्डबीच लगायतका उत्पादन संसारभर लोकप्रिय छन् ।

बेग्लै स्वाद, छिटो सेवा र सस्तो मूल्यका कारण म्याकडोनाल्ड्स अमेरिकामात्र नभएर विश्वभर उत्तिकै लोकप्रिय छ । आखिर म्याकडोनाल्ड्स कसरी विश्वको सबैभन्दा लोकप्रिय चेन रेष्टुरेन्ट बन्न सफल भयो त ?

म्याकडोनाल्ड्सको स्थापना दुई म्याकडोनाल्ड दाजुभाइ रिचर्ड र मोरिस म्याकडोनाल्डले गरेका थिए । अमेरिकाको न्यू हेम्पसायरका ती दुई दाजुभाइ सन् १९२० मा क्यालिफोर्निया बसाइ सरे ।

शुरुमा त्यहाँ उनीहरुले सिनेमाघर र खानेकुरा बेच्ने ठेला व्यवसाय शुरु गरे । तर, त्यहीबेला शुरु भएको विश्वव्यापी आर्थिक मन्दीपछि भने उनीहरुको व्यवसाय उँभो लाग्न सकेन । अनेक संघर्षपछि सन् १९४० मा उनीहरुले क्यालिफोर्नियाको सान बर्नाडिनोमा बार्बिक्यू रेष्टुरेन्टको स्थापना गरे ।

त्यसबेला हरेक रेष्टुरेन्टको आ–आफ्नै स्वादको विशेषता थियो भने हरेक रेष्टुरेन्टको आफ्नै अलग तथा विशेष पहिचान स्थापित भएको थियो ।

सेवाग्राहीले अर्डर गरेको खानेकुरा टेबलमा आइपुग्न आधा घण्टा भन्दा धेरै समय लाग्दथ्यो भने धेरैजसो समय सेवाग्राहीले अर्डर गरेको भन्दा भिन्नै खानेकुरा टेबलमा आइपुग्थ्यो । म्याकडोनाल्डको बार्बिक्यू रेष्टुरेन्ट पनि अरु भन्दा फरक थिएन । तैपनि यो रेष्टुरेन्टबाट एकहदसम्म आम्दानी भने भइरहेको थियो । म्याकडोनाल्ड्स दाजुभाइमा योभन्दा राम्रो गरी व्यवसायलाई अघि बढाउन सकिन्छ भन्नेमा चाहीँ विश्वस्त थिए ।

त्यसपछि उनीहरुले आफ्नो रेष्टुरेन्टमा सबैभन्दा धेरै विक्री हुने सामानलाई प्रोत्साहन गर्ने विचार गरे । सन् १९४८ मा उनीहरुले रेष्टुरेन्टमा सबैभन्दा धेरै विक्री हुने ह्यामबर्गर, फ्रेन्च फ्राइज र सोडातर्फ ध्यान केन्द्रित गर्न आफ्नो मेन्यूमा भएका अधिकांश खानेकुरा विक्री गर्न छाडिदिए ।

ती तीन खानेकुरा तीब्र गतिमा बनाउनका लागि उनीहरुले रेष्टुरेन्टको भान्छालाई पनि ठूलो स्तरमा परिवर्तन गरे । म्याकडोनाल्ड्सको भान्छाघर कुनै ठूलो कारखानाको समानुक्रम उत्पादनको शैली वा एसेम्बली लाइन जस्तै देखिन थाल्यो ।

तीब्र गतिमा काम हुने भएकाले सेवाग्राीको अर्डर केही मिनेटभित्रै पूरा हुने भयो । त्यस्तै, म्याकडोनाल्ड्स रेष्टुरेन्टले सेवाग्राहीले खानेकुरा खाने भाँडाकुडा कागजको प्रयोग गर्न थाल्यो । यसो हुन थालेपछि भाँडाकुँडा माझ्नुपर्ने भन्झट पनि दूर भयो ।

त्यसको केही समयपछि नै म्याकडोनाल्ड्स अमेरिकाभर लोकप्रिय हुन थाल्यो । सन् १९५० को दशकको शुरुमा रे क्रक नाम गरेका अर्का व्यक्ति निकै महङ्गा मिल्कशेक मेसिन विक्री गर्थे । उनी उसैपनि आक्रमक किसिमका उद्यमी थिए ।

उनले १५ वर्षको उमेरमा नै पहिलो विश्वयुद्धमा आफ्नो उमेर ढाँटेर रेडक्रसको एम्बुलेन्स ड्राइभरको काम गरेका थिए । फ्रान्समा उनी वाल्ट डिज्नीसँगै थिए । तर, पहिलो विश्वयुद्ध सकिएपछि भने डिज्नी र क्रकबीच सम्बन्ध सकिएको थियो ।

पहिलो विश्वयुद्धको अन्त्यसँगै अमेरिका फर्केपछि उनले अरु दर्जनौं काममा समेत हात हालेका थिए । सन् १९५० को दशकको पहिलो वर्षहरुमा उनी निकै महङ्गो मिल्कशेक मेसिन विक्री गर्न लागि परेका कारण उनलाई म्याकडोनाल्ड्स कम्पनीबाट ८ वाटा मिल्कशेक मेसिनको अर्डर आयो । त्यसपछि उनी म्याकडोनाल्ड कम्पनीसँग जोडिन पुगे ।

सन् १९६१ मा म्याकडोनाल्ड दाजुभाइले म्याकडोनाल्ड्स क्रकलाई २७ लाख अमेरिकी डलरमा विक्री गर्न सहमत भए । त्यसपछि व्यवसायलाई तीब्र गतिमा अघि बढाउन क्रक स्वतन्त्र भए

चेन रेष्टुरेन्टको उद्योगबाट प्रभावित भएका उनले तत्कालै म्याकडोनाल्ड्सको फ्रेन्चाइज स्थापना गर्ने मानसिकता बनाए । त्यसबेला म्याकडोनाल्ड दाजुभाइले अमेरिकाभर २० भन्दा धेरै स्थानमा फ्रेन्चाइज स्थापना गरिसकेका थिए । तर, तीमध्ये अधिकांश फ्रेन्चाइजले राम्रो कमाई भने गरिरहेका थिएनन् ।

गुणस्तरको कमी, ढिलो सेवा र अन्य कारणले म्याकडोनाल्ड्सको मूल रेष्टुरेन्टजस्तो अरु फ्रेन्चाइजको कमाई राम्रो थिएन । यस्तो अवस्थामा म्याकडोनाल्ड दाजुभाइले क्रकलाई फ्रेन्चाइज रेष्टुरेन्ट स्थापना गर्ने अनुमति दिए ।

क्रकले सबैभन्दा धेरै कमाई गर्ने केही फ्रेन्चाइज रेष्टुरेन्ट छानेर निकै आक्रमक शैलीमा म्याकडोनाल्ड्सको व्यवसाय अघि बढाए ।

६ वर्षको अवधिमा क्रकले १ सयभन्दा धेरै फ्रेन्चाइज रेष्टुरेन्टको स्थापना गरिसकेका थिए । अर्कोतर्फ म्याकडोनाल्ड दाजुभाइ भने आफ्नो रेष्टुरेन्टमा मात्र सीमित थिए ।

सन् १९६१ मा म्याकडोनाल्ड दाजुभाइले म्याकडोनाल्ड्स क्रकलाई २७ लाख अमेरिकी डलरमा विक्री गर्न सहमत भए । त्यसपछि व्यवसायलाई तीब्र गतिमा अघि बढाउन क्रक स्वतन्त्र भए ।

उनले म्याकडोनाल्ड्सको नयाँ लोगो र मस्कट समेत तयार पारे । उनले म्याकडोनाल्ड्सको मेन्यू समेत विस्तार गरे । सन् १९६८ सम्म म्याकडोनाल्ड्सले १ हजार वटा फ्रेन्चाइज रेष्टुरेन्टको स्थापना गरिसकेका थिए ।

त्यसपछि म्याकडोनाल्ड्सले अमेरिकामात्र नभएर विश्वभर आफ्नो विस्तार शुरु गर्यो । म्याकडोनाल्ड्सले मेन्यूमा चिकेन नगेट, ह्यापी मिल र अरु उत्पादन थप गर्यो ।

म्याकडोनाल्ड्सका विभिन्न फ्रेन्चाइजमा विश्वभर करिब २० लाख भन्दा धेरैले रोजगारी पाएका छन् । हरेक वर्ष म्याकडोनाल्ड्सले २० अर्ब अमेरिकी डलर भन्दा धेरै कमाइ गर्ने गरेको छ

सन् १९८८ सम्म म्याकडोनाल्ड्सले अमेरिका र अमेरिकाबाहिर १० हजार फ्रेन्चाइज रेष्टुरेन्टको स्थापना गरिसकेको थियो । त्यसबाहेक म्याकडोनाल्ड्सले आफ्नो मेन्यू समेत विस्तार गर्यो ।

सन् २००६ मा म्याकडोनाल्ड्सले आफ्ना चेन रेष्टुरेन्टको व्यापक रिडिजाइन गर्यो । म्याकडोनाल्ड्सको ‘फरएभर योङ्’ नामक सोही डिजाइन हालसम्म कायम छ ।

हाल म्याकडोनाल्ड्सका चेन रेष्टुरेन्ट विश्वका १२० मुलुकमा करिब ३८ हजार स्थानमा छन् । म्याकडोनाल्ड्स विश्वको दोश्रो ठूलो निजी रोजगारीदाता कम्पनी समेत हो ।

म्याकडोनाल्ड्सका विभिन्न फ्रेन्चाइजमा विश्वभर करिब २० लाख भन्दा धेरैले रोजगारी पाएका छन् । हरेक वर्ष म्याकडोनाल्ड्सले २० अर्ब अमेरिकी डलर भन्दा धेरै कमाइ गर्ने गरेको छ ।

निकै तीब्र गतिको सेवा, फरक स्वादको खानेकुरा, सेवाग्राहीप्रतिको विश्वास र तुलनात्मक रुपमा सस्तो मूल्यका कारण म्याकडोनाल्ड्स अमेरिकामा मात्र नभई विश्वभर उत्तिकै लोकप्रिय छ र म्याकडोनाल्ड्सको लोकप्रियता अझ बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ६ : २५ बजे

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म