उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने | Khabarhub Khabarhub

उपल्लो मुस्ताङसम्म वर्षभरिनै सवारीसाधन चल्ने


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङको लोमान्थाङसम्म अब बाह्रै महिना नियमित यातायातका साधन चल्ने भएको छ ।

उपल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालीगण्डकी मोटरेबल पुल निर्माण सम्पन्न भई सोमबारदेखि सञ्चालनमा आएपछि काठमाडौँ, पोखरा, बेनीलगायतका ठाउँबाट बाह्रै महिना सिधै लोमान्थाङ पुग्न सकिने भएको हो ।

निर्माणाधीन पुललाई गत साउनमा कालीगण्डकीमा आएको बाढीले क्षति पुर्‍याएपछि निर्माण अवधि लम्बिएको हो । पुलको संरचना निर्माण भएपछि तीन वटा डोजर परिचालन गरी १२ दिनमा पुलको दुईतर्फी ट्याक खोलिएको करिडोर सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उपल्लो मुस्ताङ जोड्ने कालीगण्डकी पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारीसाधनलाई सहज भएको यातायात व्यवसायीले बताएका छन् । पक्की पुल बनेकाले अब बाह्रै महीना निर्वाध सवारीसाधन उपल्लो मुस्ताङ जानसक्ने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताए ।
अध्यक्ष तुलाचनका अनुसार मुस्ताङ गेटको पुल र लुप्रापान्डा खोला पुल सञ्चालनमा आए पनि कागबेनीमा निर्माणाधीन २५ मिटर लामो पुल निर्माणमा भने ढिलाइ भएको छ ।

मुस्ताङ गेटमा सञ्चालनमा आएको पक्की पुलको काम लोकल रोड ब्रिज प्रोग्राम एलआरबिपिले २०७१ सालमा शुरु गरेको हो । चार करोड ७३ लाख लागत रहेको उक्त पुलको लम्बाइ ७६ मिटर छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ११ : ५९ बजे

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका