जम्मू कश्मीर विवादले आणविक युद्धको रुप लिनसक्छः इमरान खान | Khabarhub Khabarhub

जम्मू कश्मीर विवादले आणविक युद्धको रुप लिनसक्छः इमरान खान


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले जम्मू कश्मीरबारे चालेको पछिल्लो कदमका कारण आणविक युद्धको खतरा उत्पन्न भएको चेतावनी दिएका छन् ।

भारतले जम्मू कश्मीरको विशेष राज्यको मान्यता खारेज गरेकोबारे मंगलबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री खानले यसो भनेका हुन् । उनले भारतको यो कदमबाट कश्मीरीहरु आक्रोशित भएर भारतीय सुरक्षा बलविरुद्ध आक्रमण गर्नसक्ने र भारतले त्यसको दोष पाकिस्तानलाई दिएर पाकिस्तान विरुद्ध आक्रमण गर्नसक्ने चिन्ता समेत व्यक्त गरे ।

भारतले पाकिस्तान विरुद्ध आक्रमण गरेमा यस क्षेत्रमा आणविक युद्धको खतरा रहेको उनको भनाइ छ । यसअघि पाकिस्तानी सेनाध्यक्ष कमर जावेद बाजवाले कश्मीरी जनताको समर्थनमा पाकिस्तानी सेना जुनसुकै हदसम्म जान तयार रहेको बताइसकेका छन् ।

भारतले सोमबार कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० र ३५ ए खारेज गरेसँगै कश्मीरमा हिंसा मच्चिने र त्यसबाट भारत र पाकिस्तानबीच तानाव बढ्नसक्ने चिन्ताका माझ पाकिस्तानी प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ०० बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय