ओखलढुंगाको चम्पादेवीमा बाघको आतंक, एक व्यक्ति घाइते, २७ बाख्रा मरे | Khabarhub Khabarhub

ओखलढुंगाको चम्पादेवीमा बाघको आतंक, एक व्यक्ति घाइते, २७ बाख्रा मरे


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुंगाको चम्पादेवी गाउँपालिका, पलापुमा बस्ती छिरेर बाघले बितण्डा मच्चाउँदा एक व्यक्ति घाइते भएका छन् भने २७ वटा बाख्रा मारिएका छन् ।

चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २७ वटा बाख्रा मारेको हो । बुधबार बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको र बाबुराम श्रेष्ठको बाख्रा मारेको थियो ।

तीन दिनअघि स्थानीय बलबहादुर श्रेष्ठ, घनीमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए ।

केही दिनयता बाघले गाउँमा आतङ्क मच्चाएको श्रेष्ठको भनाइ छ । बाघको आक्रमणबाट पलापुका हीराबहादुर श्रेष्ठ घाइते भएका छन् । गोठमा काम गरिरहेको अवस्थामा श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो । घाइते श्रेष्ठको सिन्धुलीको खुर्कोटमा उपचार भइरहेको छ ।

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुङ्गामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताए । बाघ नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले जानकारी दिए।

रातदिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पछि स्थानीयवासी त्रसित भएका छन् । डिभिजन वन कार्यालय ओखलढुङ्गाका फरेष्टर गणेशबहादुर कटुवालका अनुसार बाख्रामाथि भएको आक्रमणका प्रकृतिअनुसार बाघले नै स्थानीयलाई त्रसित परेको हुन सक्ने बताए ।

गाउँ छिरेको बाघले केहि दिनदेखि गोठमा पसेर बस्तुभाउलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । बाघले बितन्डा मच्चाउन थालेपछि घर बाहिर हिँड्डुल गर्न पनि समस्या भएको स्थानीय खिम श्रेष्ठले बताए ।

बाघले आक्रमण गर्ने त्रास बढेसँगै स्थानीयबासी खेतिपाती तथा घरायसी कामका लागि बाहिर निस्कन सकिरहेका छैनन् । सामान्यत: पहाडी जिल्लामा बाघ बिरलै पाइन्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ५८ बजे

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर