आँखाबाट र शारीरिक अवस्थाबाट मापसे पत्ता लगाउनुपर्ने ट्राफिकको बाध्यता | Khabarhub Khabarhub

आँखाबाट र शारीरिक अवस्थाबाट मापसे पत्ता लगाउनुपर्ने ट्राफिकको बाध्यता


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रविधि र सामग्री नहुँदा समस्या भइरहेको जनाएको छ ।

डोटीमा ट्राफिक प्रहरीका लागि भएको एकमात्र ब्रेथलाइजर मेसिन बिग्रेको छ । यही कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने र प्रहरीबीच विवाद हुने गरेको छ । बिग्रेका मेसिन मर्मतका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया पठाएको लामो समय भइसक्दा नपठाउँदा डोटी ट्राफिक प्रहरीलाई जाँचमा समस्या भएको बताइएको छ ।

ब्रेथलाइजर मेसिन नहुँदा ट्राफिक प्रहरीले सवारी चालकको मुख सुघेर मादकपदार्थ सेवन गरे नगरेका बारेमा पत्ता लगाउन बाध्य भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरीका अनुसार चालकको मुख सुघ्ने विषयमा कहिले काही त ठूलै विवाद उत्पन्न हुने गर्दछ ।

जिल्ला ट्राफिक प्रहरी दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धाँमीले जिल्लाभरिमा एकमात्र ब्रेथलाइजर मेसिन भएको र त्यो पनि बिग्रेर थन्किएको बताए । उनले भने, “जिल्लाभरिमा एउटा मात्रै मेसिन थियो, त्यो पनि बिग्रेकाले मर्मतका लागि पठाएका छौँ, बनेर आएको छैन ।”

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था प्रहरीसँग रहेको बताए ।“अलि धेरै खाएको छ भने आँखा रातो भएको हुन्छ, शरीर झुल्न थालेको हुन्छ”, उनले भने“हामी खाएको मान्छे मदिरा नपिएको मान्छेसामु जाँदा गन्ध पनि आइहाल्छ, पत्ता लगाउन सजिलो हुन्छ ।”

उता क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका ट्राफिक प्रहरी निरीक्षक लालबहादुर साउदले बिग्रेका ब्रेथलाइजर मेसिन मर्मतका लागि हेडक्वार पठाएको र हालसम्म फिर्ता नआएको बताए ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अत्तरियाबाहेक अन्य कुनै पनि जिल्लामा ब्रेथलाइजर मेसिन छैनन् । आफ्नो कार्यालयबाट ब्रेथलाइजर मेसिन नआएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर मेसिन किनिदिन स्थानीय तहसंग माग गरेका छन् ।

जिल्लामा ब्रेथलाइजर मेसिन किन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले सबै स्थानीय तहमा आग्रह गरे पनि उक्त मेसिन किन्नका लागि रकम कहीँकतैबाट नआएको ट्राफिक प्रहरीको गुनासो छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : ५५ बजे

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो