अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न सरकार लागिरहेको छ–मन्त्री अर्याल | Khabarhub Khabarhub

अतिक्रमित सरकारी जग्गा फिर्ता गर्न सरकार लागिरहेको छ–मन्त्री अर्याल


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा‍ अर्यालले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।

मन्त्री अर्यालले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकारले ‘ल्याण्ड रेकर्ड इन्फरमेशन म्यानेजमेन्ट सिष्टम’ सहितको सफ्टवेयरको विकास गरी कार्यान्वयनमा ल्याएको पनि जानकारी दिइन् । सो सिष्टममा सरकारी तथा सार्वजनिक जग्गाको रेकर्ड भएकाले खरिद विक्री हुन नदिने उनको तर्क छ ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले ‘भूमि बैंक’ स्थापना गर्ने तयारी गरेको जानकारी दिइन् ।

त्यसका लागि कानुन निर्माण गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले कार्यान्वयनका लागि स्थानीय तहमा समेत व्यापक छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । भूमि बैंकमार्फत् सरकारले उपयोग नभएको जनताको जग्गा लिजमा लिने र त्यसलाई अधिकतम परिचालन गरी लाभ लिने मन्त्री अर्यालको भनाई छ ।

मन्त्री अर्यालले सरकारले अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्ने कामलाई तीव्रता दिएको दाबी गरिन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ४ : ४४ बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको