सुनको भाउले राख्यो नयाँ रेकर्ड, बुधबार कति पुग्यो मूल्य ? | Khabarhub Khabarhub

सुनको भाउले राख्यो नयाँ रेकर्ड, बुधबार कति पुग्यो मूल्य ?


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको भाउ बढ्नेक्रम जारी रहेको छ । बुधबार सुनको भाउ तोलामा १५ सय बढेको छ । यससँगै सुन तोलाको ६९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव परेको व्यवसायीहरुको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रति औंस २७ डलर ५ सेन्ट बढेर १२ सय ८६ डलर ७० सेन्ट पुगेको छ ।

अन्तर्राष्ट्रिय अर्थतन्त्रमा देखिएको अस्थिरता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्थनीति, कश्मीर तनाव र स्थानीय मागथ कम भएका कारण नेपालमा सुनको भाउ लगातार बढिरहेको छ ।

व्यवसायी र अर्थशास्त्रीहरूका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो।

चीन र अमेरिकाबीचको व्यापार युद्धले अन्तर्राष्ट्रिय बजार अस्थिर बन्दा धेरै लगानीकर्ता सुनतर्फ आकर्षित भएको हुँदा मूल्य बढेको व्यवसायी र अर्थशास्त्रीको तर्क छ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ३ : ०५ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी