त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत अख्तियारको नियन्त्रणमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

श्रम स्वीकृति नै नलिइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रस्थान अनुमति दिएको विषयमा अनुसन्धान गर्न पराजुलीलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नेपालले श्रम अनुज्ञा नै जारी नगरेको मुलुकमा जाने नेपालीहरु संयुक्त अरब इमिरेट्सको दुबई तथा कतार ट्रान्जिट बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै जाने गरेको उजुरी अख्तियारमा परेको थियो । बिचौलियाहरुको प्रभावमा परेर विमानस्थलका अध्यागमन अधिकृतहरुले भिजिट भिसामा भनेर त्यस्ता नेपालीलाई प्रस्थान अनुमति दिने गरेका थिए ।

यसरी प्रस्थान अनुमति दिने व्यक्तिको अभिलेख समेत नराख्ने गरिएको अख्तियारको छानबिनबाट खुलेको छ ।

अख्तियार स्रोतका अनुसार बिचौलियाहरुको गिरोहको मिलेमतोमा विमानस्थलका अध्यागमन अधिकृतहरुले थुप्रै नेपालीलाई यस्तो प्रस्थान अनुमति दिइसकेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  २ : ५५ बजे

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार