यस्तो छ अनुप र नम्रताको ‘जाइरा’ ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ अनुप र नम्रताको ‘जाइरा’ ट्रेलर (भिडियो)


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अनुपविक्रम शाही र नम्रता श्रेष्ठ स्टारर फिल्म ‘जाइरा’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरियो ।

फिल्ममा नम्रतालाई एक्सन अवतारमा देख्न सकिन्छ । नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरि, सिर्जना रेग्मी, रेमनदास श्रेष्ठ लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा एक्सन पक्षलाई महत्त्व दिइएको छ भने नम्रता र अनुपको चुम्बन दृश्य पनि समावेश गरिएको छ ।

आशुतोष राज श्रेष्ठको कथा तथा निर्देशन रहेको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको स्किृप्ट निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका हुन् ।

चलचित्रलाई प्रेरणा श्रेष्ठ र कारा श्रेष्ठले निर्माण गरेका हुन् । असिम शाक्यले लोगो एनिमेसन र पोस्टर डिजाइन गरेको यो फिल्म भदौ ६ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ । फिल्मको रिलिजअघि राम्रो चर्चा छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १ : ५२ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को