विषादी परीक्षण स्थगित गर्नुको कारण जानकारी गराउन मन्त्रीलाई रुलिङ | Khabarhub Khabarhub

विषादी परीक्षण स्थगित गर्नुको कारण जानकारी गराउन मन्त्रीलाई रुलिङ


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाले भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षणको निर्णय स्थगित गर्नुको कारण जानकारी गराउन रुलिङ गरेको छ ।

आइतबारको संसद बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समय लिएर बोल्दै विषादी परीक्षणबाट पछि हट्नुको कारण माग गरेपछि सभामुख कृष्णबहादुर महराले सम्बन्धित मन्त्रीलाई यसबारे जवाफ दिन रुलिङ गरेका हुन् ।

खाँडले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको र लम्पसारवादी नीति लिएको आरोप लगाए ।

त्यस्तै सभामुख महराले सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको विषयमा जवाफ दिन पनि गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले उक्त घटनाको विरोध गर्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताएपछि सभामुख महराले त्यस विषयमा पनि जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र राजपा नेपालका सांसद प्रमोद साहले बालुवा झिक्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको घटनामा जायज माग राखेर आन्दोलन गर्दा सरकारले अन्धाधुन्ध गोली चलाएको आरोप लगाए ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  २ : २५ बजे

मुग्लिन–पोखरा सडक : १३ वटा पक्की पुल निर्माण

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण

चट्याङ लागेर एक महिलाको मृत्यु

नवलपरासी– पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ

जापानको सहयोगमा विद्यालय भवन निर्माण

गोरखा– सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री

सुनकोसी मरिण डाइभर्सनको बाँकी काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय