खानेपानीको क्षेत्रमा साथ दिन विश्व बैंक तयार : मन्त्री मगर | Khabarhub Khabarhub

खानेपानीको क्षेत्रमा साथ दिन विश्व बैंक तयार : मन्त्री मगर


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्रमा ९२ प्रतिशत जनसङ्ख्यालाई आधारभूत रुपमा खानेपानी सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

आगामी तीन वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सेवा पुर्‍याउने सरकारको लिएको लक्ष्य पूरा विभिन्न दातृ निकायको सहयोग पनि आवश्यक रहेको उनले बताइन् ।

विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा मन्त्री मगरले खानेपानीका नयाँ योजनामा थप सहयोग गर्न आग्रह गरिन् । भेटघाटमा मन्त्री मगरले भनिन्, “सन् २०३० सम्ममा सबै जनसङ्ख्यालाई प्रशोधित स्वच्छ खानेपानीको पहुँच पुर्‍याउनुपर्ने चुनौती सरकारसँग छ । सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने जरुरी छ । यसका लागि देशैभरी हामीले खानेपानी र सरसफाइको गुरुयोजना बनाउँदैछौं ।”

ग्रामीण भेगका जनताले अझैपनि घण्टौं-घण्टा लगाएर पानी लिन जानुपर्ने स्थिति रहेको भन्दै मन्त्री मगरले ती क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विश्व बैंकको थप महत्वपूर्ण सहयोग रहको अपेक्षा गरिन् । मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिलाई अझ सशक्त बनाएर लैजान चाहेको मन्त्री मगरको धारणा छ । पहुँचको आधारमा योजना छनोट नगरी सबै क्षेत्रमा समान रुपले योजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको मन्त्री मगरले जोड दिइन् ।

नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्वोसले खानेपानीको क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न विश्व बैंक सधैँ सहयोग गर्न तयार रहेको बताएका थिए । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयका आधारमा आयोजना अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : २८ बजे

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा

आजका समाचार : उपेन्द्र सर्वाेच्च जानेदेखि सुनील पौडेललाई ९ वर्ष कैदसम्म

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु