पीएम कप क्रिकेट : विभागीय डर्बीमा कस्ले मार्ला बाजी ? | Khabarhub Khabarhub

पीएम कप क्रिकेट : विभागीय डर्बीमा कस्ले मार्ला बाजी ?


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली उपाधिका लागि संघर्षरत हुनेछन् ।

टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले कप्तानी सम्हालेको आर्मी क्लब पीएम कपको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिने कप्तान विनोद भण्डारीले यसअघि नै बताइसकेका छन् । यस्तै, मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिस क्लब आर्मीलाई रोक्दै एकदिवसीय प्रतियोगिताको विजेता बन्ने लक्ष्यमा रहेको छ ।

आर्मीविरुद्ध पुलिका बलर ललितनायण राजवंशी, कुसल भुर्तेल रसागर ढकालले बलिङ कसिलो गर्दा अलराउण्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान अमित श्रेष्ठ, सुनिल धमला र दिलीप नाथले ब्याटिङमा लय समात्न सके आर्मीविरुद्ध प्रतिस्पर्धात्मक खेल हुनेछ ।

तर, आर्मीसँग पनि राष्ट्रिय टोलीका बलर सोमपाल कामी, करण केसी र सुशान भारीले उत्कृष्ट बलिङ गर्दै टोलीलाई उपाधि दिलाउन सक्छन् भने ब्याटिङतर्फ लयमा रहेका राजु रिजाल, राष्ट्रिय टोलीका विस्फोटक ब्याट्सम्यान विनोद भण्डारी र रोहित कुमार पौडेल रहेको हुँदा आर्मीले उपाधि उचाल्ने सम्भावना पनि बलियो छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : ०३ बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन