नेपाल आगामी आर्थिक वर्षभित्रै विद्युतमा आत्मनिर्भर बन्ने | Khabarhub Khabarhub

नेपाल आगामी आर्थिक वर्षभित्रै विद्युतमा आत्मनिर्भर बन्ने


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आगामी आर्थिक वर्ष भित्रमा विद्युतमा आत्मनिर्भर बन्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै नेपाल विद्युतमा आत्मनिर्भर हुने बताएका हुन् ।

माथिल्लाे तामाकोशी लगायत ठूला आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेकाले देश आगामी आर्थिक वर्षभित्रै विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्रीको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकको बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खतिवडाले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने बताए ।

जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्ता बढाउनु परेको खतिवडाको भनाइ थियो ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  २ : १२ बजे

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक