स्टार्क चम्किंदा अष्ट्रेलियाको लगातार दोस्रो जित | Khabarhub Khabarhub

स्टार्क चम्किंदा अष्ट्रेलियाको लगातार दोस्रो जित


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधी दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ ।

विहीबार वेष्ट इण्डिजमाथि १५ रनको रोमान्चक जित हात पार्दै अष्ट्रेलियाले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नटिङघममा अष्ट्रेलियाले दिएको २८९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिजले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो ।

वेष्ट इण्डिजका साई होप र कप्तान जासन होल्डरले अर्ध शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । होपले ६८ रनको योगदान दिंदा होल्डरले ५१ रन बनाए । निकोलस पुरनले ४० तथा क्रिस गेल र शिम्रोन हिटमायरले २१-२१ रन बनाए ।

वेष्ट इण्डिजलाई रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । १० ओभर बलिङ गरेका स्टार्कले १ मेडनसहित ४६ रन खर्चेर ५ विकेट लिए । यस्तै पाट कुमिन्सले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर अलआउट हुँदै २८८ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाको सम्मानजनक स्कोरमा नाथन कल्टर नाइलले ४ छक्का र ८ चौकाको मद्दतले ९२ रनको अर्धशतकीय खेले । यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस बाहेक अष्ट्रेलियाका एलेक्स क्यारीले ४५, मार्कस स्टोइनेस १९ तथा उस्मान ख्वाजाले १३ रनको योगदान गरे । वेष्ट इण्डिजका कार्लोस ब्य्रेथवेटले ३ विकेट हात पारे । यस्तै ओसाने थोमस, शेल्डन कट्रेल र आन्द्रे रसेलले समान २-२ विकेट हात पारे ।

जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । अष्ट्रेलिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । वेष्ट इण्डिजको यो पहिलो हार हो । वेष्ट इण्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले नै हराएको थियो । वेष्ट इण्डिजको २ खेलबाट २ अंक रहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ६ : ११ बजे

आचारसंहिता उल्लङ्घन गरेका मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने

काठमाडौं  – इलाम क्षेत्र नं. २ को उपचुनावमा निर्वाचन आचारसंहिता

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा