जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा | Khabarhub Khabarhub

जाजरकोटको मह अन्तर्राष्ट्रिय बजारमा


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–१ पाली, कल्पतको कात्तिके मह यसवर्ष अन्तर्राष्ट्रिय बजारमा जाने भएको छ । पाली, कल्पतको कात्तिके मह अस्ट्रेलिया, अमेरिका, दुवई र कोरिया जाने भएको हो ।

नहकुली अर्गानिक हर्बल एग्रो प्रालिले पाली, कल्पतको कात्तिके महको अन्तर्राष्ट्रिय बजार खोजी गर्न यस वर्ष अस्टे«लिया, अमेरिका, दुवई र कोरिया गरी चार देशमा दुई हजार किलो मह पठाउन लागेको सञ्चालक हरिबहादुर बुढाले जानकारी दिए।

अन्तर्राष्ट्रिय बजारमा पठाउन सुपर वल्र्ड ट्रेडर्सले महको नाप तौल तथा गुणस्तर परीक्षण गरिसकेको बुढाले जानकारी दिनुभयो । बाहिर पठाउनलाई प्रालिले मह खरीद गर्नाका साथै प्याकिङ गरिसकिएको बताउँदै सञ्चालक बुढाले वन डिभिजन कार्यालयबाट चलानी पुर्जीका लागि आवश्यक कागजजात पूरा गर्न मात्र बाँकी रहेको बताए । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादन १५ प्रतिशतले वृद्धि भएको नलगाड कृषि शाखा प्रमुख महेशकुमार बिष्टले जानकारी दिए ।

गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । गत वर्षसम्म प्रतिकिलो रु पाँच सय पर्ने मह अहिले रु सात सय पुगेको छ । माग धेरै भएका कारण महको मूल्यमा पनि वृद्धि भएको छ । जैविक मह उत्पादन हुने मौरीको सबैभन्दा उत्तम आहारा चिउरी हो । मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिँदा मौरी भाग्ने गरेको किसानको भनाइ छ । “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ,” व्यावसायिक मौरी किसान सेते बुढाले भने ।

तीन दशकदेखि जाजरकोटका किसान व्यावसायिकरूपमा मौरीपालनमा आबद्ध छन् । उत्पादित मह किसानलाई बिक्री गर्न पनि बिस्तारै सहज हुँदै आएको छ । जैविक महको महत्व बुझाउँदै जाँदा अहिले यहाँको मह अन्तर्राष्ट्रिय बजारमा जान थालेको छ । प्रालिले यहाँको महलाई विदेशमा निर्यात गर्न थालेपछि आगामी वर्षमा अन्तर्राष्ट्रिय बजार विस्तार हुनेमा किसान ढुक्क देखिन थालेका छन् । नगरपालिकामा चार हजार र जिल्लाभर छ हजार मौरीका घार छन् । नगरपालिकाले मौरीपालक किसानलाई सहयोग गर्दै पकेट क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : २४ बजे

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस