नान्टेसद्वारा कार्डिफसँग सालाको सरुवा रकम माग, १० भित्र नदिए कानूनी उपचार खोज्ने धम्की | Khabarhub Khabarhub

नान्टेसद्वारा कार्डिफसँग सालाको सरुवा रकम माग, १० भित्र नदिए कानूनी उपचार खोज्ने धम्की


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सको फुटबल क्लब नान्टेसले कार्डिफसिटीसँग इमिलियानो सालाको सरुवा रकम माग गरेको छ । नान्टेसले कार्डिफसँग १५ मिलियन पाउन्ड माग गरेका बीबीसीले उल्लेख गरेको छ ।

अर्जेन्टिनाका फरवार्ड साला र पाइलट डेभिड इबोट्सन पाइपर सवार मलिबु एनन २६४डीबी विमान दुर्घटना भएपछि जनवरी २१ देखि वेपत्ता छन् ।

जनवरी २१ मा च्यानल आइसल्यान्डमा वेपत्ता भएको बिमान केही दिन अघि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । २८ वर्षे सालालाई कार्डिफले किर्तिमानी रकममा भित्र्याएको थियो । तर, क्लबका लागि भने उनले खेल्न पाएनन् ।

फ्रान्सको पत्रिकासँगको अन्तरर्वार्तामा कार्डिफका अध्यक्ष मेहमेत दालमानले नान्टेसलाई लक्षित गर्दै भनेका छन् कि नान्टेसले पहिलो किस्ता माग गरेको बताए । उनले पहिलो किसता स्वरुप ६ मिलियन युरो मागेको बताएका छन् । “हामी परिवार प्रति सम्मान गर्न चाहान्छौं । परिवार दुर्घटनाबाट पीडामा रहेको छ,” अध्यक्ष दालमेनले भने ।

बिहीबार राती बिमान दुर्घटना अनुसन्धान शाखा (एएआईबी) ले बिमानका सबै भग्नावशेष भेटिएको जानकारी दिइसकेको छ । कार्डिफले दुर्घटनामा परेका सालाको उद्दार हुन नपाउँदै नान्टेसले गरेको मागप्रति आश्चर्य जनाएको छ ।

नान्टेसले १० दिनभित्र पैसा नदिए कानुनी उपचार खोज्ने धम्की समेत दिएको दालमेनले बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : १२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर