गर्भवती छोरीसहित ज्वाइँलाई पनि जिउँदै जलाउने यो परिवार | Khabarhub Khabarhub

गर्भवती छोरीसहित ज्वाइँलाई पनि जिउँदै जलाउने यो परिवार


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– एक परिवारले आफूहरुको सहमति विपरीत विवाह गरेको भन्दै छोरीसहित उनका पतिलाई जिउँदै जलाइदिएको छ ।

छोरीले अन्तरजातीय विवाह गरेको निहुँमा परिवारले यस्तो अपराध गरेको हो । यो घटना भारतीय राज्य महाराष्ट्रअन्तर्गत पर्ने अहमदनगरको हो ।

इन्डियन एक्सप्रेसको समाचारका अनुसार जिउमा आगो लगाइएकी १९ वर्षीया रुक्मिणी रणसिंहको मृत्यु भएको छ । उनका पति मंगेश रणसिंहको भने पुनेको ससून अस्पतालमा उपचार भइरहेको छ ।

युवती लोहार समुदायबाट थिइन् भने उनका पति पासी समुदायका थिए । समाचारका अनुसार जिउमा आगो लगाएर मृत्यु भएकी रुक्मिणी २ महिनाकी गर्भवती थिइन् ।

पति–पत्नीलाई जिउँदै जलाउने रुक्मिणीका दुई काका सुरेन्द्र भारतीय र घनश्याम सरोजलाई प्रहरीले गिरफ्तार गरिसकेको जनाइएको छ । रुक्मिणीका पिता राम भारतीय भने फरार छन् ।

प्रहरीका अनुसार यो घटना १ मे परनार इलाकाको निधोइ गाउँमा भएको थियो । रुक्मिणीले अघिल्लो वर्षको अक्टुबर महिनामा विवाह गरेकी थिइन् ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १० : ५९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा